पासा पुच बेल्जियममा नया नेतृत्व

0

चारदिशा, बेल्जियम

नेवारी समुदायको कला संस्कृति, भाषा, भेषभुषा तथा सभ्यतालाई जिवन्त  राख्ने उद्धेश्यले बेल्जियमा स्थापना भएको नेवारी संस्था पासा पुच बेल्जियमको अधिबेशनद्वारा भिम जोशीको अध्यक्षतामा नया कार्य समिति सर्बसम्मत रुपमा चयन गरेको छ ।

अधिवेसनले उपाध्यक्षमा चिनिया दुवाल, बिराट जोशी र अनुजा प्रधान, महासचिव सुर्य नारायण श्रेष्ठ, कोशाध्यक्षमा चिज कुमार श्रेष्ठ सह-कोषाध्यक्ष प्रेम प्रधान सचिब निशा ताम्राकार, ब्यबस्थापन समिति संयोजक केदार जोशी, युवा खेलकुद तथा सास्कृतिक संयोजकमा श्याम श्रेष्ठ र सदस्यहरुमा क्रमश: सबिन्द्र ताम्राकार,निरज श्रेष्ठ, रास्ट्रिय महर्जन, पूर्ण महर्जन, रेणु श्रेष्ठ, पुजा रसाइली, सुस्मिता मास्के, दास श्रेष्ठ, रबिन श्रेष्ठ र रक्षा मल्ल निर्विरोध निर्वाचित भएका छन् । अधिवेसनले समितिलाई अन्य सदस्यहरु  समेत थप गर्ने प्राधिकार प्रदान गरेको बताइएको छ । यसै बीच सभाबात एक कार्य सम्पादन समिति र सल्लाहकार समिति पनि गठन गरेको छ।

नव निर्वाचित अध्यक्ष भिम जोशीले पासा पुचको संस्थागत विकासका लागि योगदान पुर्याउने सवैलाई धन्यबाद दिदै आगामी दिनमा पासा पुच बेल्जियमलाई नयाँ उचाईमा पुर्याउने प्रतिबदत्ता व्यक्त गरे । नेवा सस्था पासा पुच जस अन्तरगत आपतकालिन मानविय सेवाको काम गर्ने, नेवारी कला ,संस्कृति तथा सभ्यता झल्किने नेवारी चाड पर्बहरु बेल्जियममा ब्यापक प्रचार प्रसार गर्ने योजना रहेको छ। साथै बेल्जियमा रहेका नेवारी समुदायको अध्यावधिक तथ्याँक संकलन गर्ने र नेपाली समुदायको हितको लागि बेल्जियममा रहेका सवै संघसंस्था संग समन्वय गरेर अगाडि जाने मुख्य लक्ष्य रहेको साथ् साथै पासा पुचले गर्दे आएका नियमित कार्यक्रम पनि सुचारु गरिने छ।

कार्यक्रममा पासा पुच: बेल्जियम तथा गैर आवासीय नेपाली संघ बेल्जियमका सस्थापक अध्यक्ष रबिन्द्र मान श्रेष्ठ, वर्तमान यूरो संयोजक अर्जुन कुमार श्रेष्ठ, जन सम्पर्क समिति बेल्जियमका अध्यक्ष सुबाश जोशी, पुर्ब-अध्यक्ष चिज कुमार श्रेष्ठ, रजनि प्रधान, कार्यवाहक अध्यक्ष योगेन्द्र श्रेष्ठ लगाएत सस्थाको बृहत हितका लागि र भाबि कार्य यौजना बनाउन विचार पुर्याउनु पर्ने कुराहरुका लागि गहन सुझाब तथा बिचारहरु राख्नु भएको थियो। सभापतिको आसनबाट बोल्दै कार्य वाहक अध्यक्ष योगेन्द्र श्रेष्ठले घरबाट सुरु गरिएको पासा पुचको संगठन यहाँसम्म आइ पुगेकोमा सारै खुशी बेक्त गर्नु भयो।

नव निर्वाचित कार्य समितिको बद्बुजारत आगामी नेपाल सम्बत ११३५ को अवसर परि बिशेष कार्यक्रम गरि हस्तान्तरण कार्यक्रम गरिने छ। साथै उक्त बेल्जियमस्थित बिभिन्न संघ सस्थाहरु बीच नया बर्षको सुभकामना आदान प्रदान गर्ने कार्यक्रमको आयोजना पनि गरिने छ।

Leave A Reply

Your email address will not be published.