डा. रुइतलाई मानार्थ विद्यावारिधि

0

लन्डन \  नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई संयुक्त अधिराज्य (बेलायत) को प्रतिष्ठित एङ्गिलया रस्किन विश्वविद्यालयले डक्टर इन साइन्समा मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ।

क्याम्ब्रिजमा मङ्गलबार साँझ आयोजित विश्वविद्यालयको दीक्षान्त समारोहमा डा. रुइतलाई उपाधि प्रदान गर्दै विश्वविद्यालयका उपकुलपति प्रा. रोड्ररिक वाट्किन्सले डा. रुइत नेत्र विशेषज्ञ मात्र नभई मानवीय सेवामा समर्पित व्यक्ति भएको बताउनुभयो।

डा. रुइतले गरेको कार्यले यस क्षेत्रका अनुसन्धानकर्ता र विद्यार्थीलाई पे्ररणा मिलेको बताउँदै उपकुलपति वाट्किन्सले डा. रुइत प्रेरणाको स्रोत रहेको उल्लेख गर्नुभयो।  उ पाधि ग्रहणपछि डा. रुइतले विश्वविद्यालय अन्तर्गतको भिजन एन्ड आई रिसर्च इन्स्टिच्युटद्वारा गरिएका अनुसन्धान सराहनीय गरेको बताउँदै भविष्यमा आफूले उक्त संस्थासँग सहकार्य गर्न इच्छुक रहेको  बताउनुभएको डा. रुइतसँगै रहनुभएका इन्स्टिच्युटका सिनियर रिसर्च फेलो डा. राजु सापकोटाले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.