एनआरएनए युके निर्वाचन अनुगमनका लागि केन्द्रीय प्रतिनिधि दयानिधी सापकोटाको संस्थागत गोपनियता कायम गर्न आग्रह

0

गैर आबासीय नेपाली संघ बेलायतको निर्वाचन अनुगमनको लागि केन्द्रीय प्रतिनिधि, युरोप क्षेत्रीय उपसंयोजक दयानिधि सापकोटाले बेलायतको निर्वाचन समितिले संस्थागत गोपनीयता भङ्ग गरेर आन्तरिक निर्देशनलाई कसैको स्वार्थको लागि प्रयोग गरेको भन्दै आपत्ति जनाएका छन् ।

युरोप संयोजकद्वय चिन्तामणी सापकोटा र सन्तोष भट्टराईले केन्द्रीय समितिको निर्णय अनुसार २२ जुलाईमा हुने एनआरएनए यूकेको निर्वाचन अनुगमन गर्न सापकोटालाई जिम्मा दिएका थिए ।

केन्द्रको सर्वसम्मत निर्णय बमोजिम आफूले जिम्मेवारि अनुसार निर्वाचन समिति समक्ष अपडेट हुन पत्राचार गरेको विषयलाई पत्रपत्रिकामा सार्वजनिक गरिनु गलत भएको भन्दै सापकोटाले भनेकाछन ‘मलाई निर्वाचन अनुगमनको जिम्मा दिए पछि निर्वाचन समितिसंग अपडेट माग्ने कि नमाग्ने ? बेलायतबाट प्रकाशित एक अनलाइनको समाचार अनुसार संघको कार्यविधि र नियमावली विपरित एनआरएनए यूके निर्वाचन समितिको कामलाई प्रभावित गर्न अनावश्यक पत्राचार गरेको भनेर भ्रम छर्न खोजिएकोछ जुन विल्कुल भ्रामक र गलत छ । उनले अगाडि भनेकाछन निर्वाचन समितिको विश्वसनीयता घट्ने र समाजमा भ्रम छर्ने काम बन्द गरियोस ।

‘राष्ट्रिय महाधिवेशन सञ्चालन तथा समन्वय परिषद सम्बन्धन सम्बन्धि नियमावलीको ५.१६ बमोजिम’ गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको तर्फबाट एनसीसी बेलायत (यूके) को निर्वाचन तथा अधिवेशन अनुगमनको लागि आफुले पाएको जिम्मेवारि इमान्दारिताका साथ पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दै सापकोटाले कुत्सित मनसायबाट आएका यस् खाले समाचारबाट भ्रमित नहुन पनि बेलायतको नेपाली समुदायसमक्ष अपिल गरेका छन् ।

पछिल्लो पटक सापकोटालाई दिएको जिम्मेवारीलाई सापकोटा सहित एनआरएनएका उपमहासचिब रामशरण सिंखडालाई दिईएकोछ ।

यस बारेमा एनआरएनए युरोप संयोजक चिन्तामणि सापकोटा सँग बुझ्दा केन्द्रीय प्रतिनिधि तोक्ने कुरा केन्द्रीय समितिको सहमति र दुई जना युरोप संयोजकको सल्लाह अनुसार गरिएको र उपसन्योजक सापकोटानै आधिकारिक केन्द्रीय प्रतिनिधि भएको बताउनु भएकोछ । युरोपका अन्य देशहरुमा पनि युरोप उपसन्योजकहरुलाई नै केन्द्रीय प्रतिनिधि तोकिएकोछ ।

 

 

Leave A Reply

Your email address will not be published.