मनाङ एयर हेलिकप्टर दुर्घटना : पाँच जनाको शव भेटियो

0

काठमाडौं : मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । साेलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले पाँच जनाकाे शव भेटिएकाे र एक जनाकाे खाेजी कार्य भइरहेकाे जानकारी दिएका हुन् ।

मंगलबार बिहान सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको जहाज लाम्जुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

हेलिकोप्टरमा पाँच जना मेक्सिकन नागरिक रहेका थिए । मेक्सिकन नागरिकहरुमा एबरिका गोन्जालेक्स, फर्नान्डो सिफुग्नेट्स, ओलासियो गोन्जालेज, रिनकन इस्माइल र मारिया होजे सिफुन्तेस रहेका थिए । हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए ।

Leave A Reply

Your email address will not be published.