सर्वोच्चले मेयर साहलाई वारेस राख्न अनुमति दिएन

0

काठमाडौं \ सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ ।अदालतको अवहेलना मुद्दा खेपिरहेका मेयर साहले तारिखका लागि वारेस राख्ने अनुमतिका लागि सर्वोच्चमा निवेदन दिनुभएको थियो ।

तर, न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको इजलासले मेयर साहलाई वारेसको सुविधा नहुने भनेको हो । वारेसको सुविधा नहुने भएपछि अब मेयर साह अदालतमा आफैं उपस्थित हुनुपर्ने छ ।

भारतीय सिनेमा आदिपुरुषलाई काठमाडौंं महानगरभित्रका हलमा चल्न नदिने घोषणाको विपक्षमा अदालतबाट आदेश आएपछि मेयर साहले अदालत र सरकार भारतको गुलाम भएको भन्दै प्रतिक्रिया दिँदै कानुन र अदालतको आदेश नमान्ने टिप्पणी गर्नुभएको थियो ।

मेयर साहको अभिव्यक्तिविरुद्ध अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्चमा अदालतको अवहेलनासम्बन्धी निवेदन दिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.