प्राधिकरणका महानिर्देशकलाई दोस्रो स्पष्टीकरण, जवाफ नदिए कानूनी प्रक्रिया अघि बढाइने

0

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो स्पष्टीकरण सोधेका छन् ।

प्राधिकरणका महानिर्देशक अधिकारीलाई गत असार ११ गते ९ बुँदे प्रश्न सोधिएको थियो । ७ दिनको समय राखि सोधिएको प्रश्नको जवाफ नआएपछि मन्त्रिस्तरीय निर्णयअनुसार अधिकारीलाई दोस्रो स्पष्टीकरण सोधिएको हो ।

अधिकारीलाई ‘के कति कारणले जवाफ नपठाएको हो, स्पष्ट जवाफ तीन दिनभित्र लेखेर पठाउन’ भन्ने व्यहोराको स्पष्टीकरण सोधिएको छ । दोस्रो पटक पनि जवाफ नआए कानूनअनुसार प्रक्रिया अगाडि बढ्ने व्यहोरा पत्रमा उल्लेख गरिएको छ ।

अधिकारीले भने आफूलाई मन्त्रीपरिषद्ले नियुक्ति दिएको भन्दै स्पष्टीकरण नदिने अडान राखेका थिए ।

Leave A Reply

Your email address will not be published.