एलओडीका दुई सञ्चालकविरूद्ध पक्राउ पुर्जी जारी

0

काठमाडौं : काठमाडौंकाे ठमेलस्थित चर्चित नाइट क्लब एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जेठ ३० गते एलओडी क्लब गएकी १६ वर्षीया बालिका ललितपुरमा बलात्कृत भएपछि एलओडीका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।

यसअघि नै ती बालिकालाई बलात्कार गरेको आरोपमा पोखरा घर भइ ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइराला पक्राउ परिसकेका छन् ।

तर बालिका एलओडी गएकै राति उक्त घटना भएका कारण ललितपुर जिल्ला अदालतले एलओडीका सञ्चालकहरु रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

नाबालिगलाई क्लबमा प्रवेश दिँदा बलात्कार भएको भन्दै एलओडीका सञ्चालकहरूलाई पनि अनुसन्धानको दायरामा ल्याइएको हो ।

Leave A Reply

Your email address will not be published.