जो जो राजु लामा बेल्जियममा, सङ्गीतमय भयो एन्टवेरपेनको इकोन क्लब,

0

नेपालक चर्चित गायक राजु लामाको बेल्जियमको एन्तवेरपेन शहरमा भब्य कन्सर्ट भएकोछ । मादल इन्टरटैनमेन्टले आयोजना गरेको लामाको सांगितिक साँझमा करिब ७५० जना संगीतप्रेमी नेपालीहरुको उपस्थिती रहेको थियो ।

बेल्जियमका बिभिन्न शहरबाट लामाको प्रस्तुति हेर्न आएका दर्शकहरुले टिभीमा मात्र देखिने कलाकारको लाइभ म्युजिक हेर्न  पाउदा अत्यन्त खुशी लागेको बताएकाछन । एनआरएनए बेल्जियमको निर्वाचनमा उम्मेद्वार रहेका धेरै जसो प्रत्यासी लगायत युबा  देखि ब्रिद्ध सम्म सङ्गितमा रमाउदै नाचीरहेका थिए ।

युबा पुस्ताका धेरैले रुचाउने लामा जो जो उपनामले पनि चिनिन्छन, सांगितिक रियालिटी शो मा निर्यायक ( जज) रहेका उनलाई प्रत्यक्ष हेर्नका लागि टाढा टाढाका शहरबाट आएको युबायुबतीहरुले बताएका थिए । कार्यक्रम सकिए पछि पनि आयोजकसँग उनलाई भेटाइदिन अनुरोध गर्नेहरुको भिड लागेको थियो ।

बेल्जियमका स्थानीय गायक लाहुरे कान्छाले पनि आफ्नो प्रस्तुति दिएका थिए भने अन्त्यमा बेलायतबाट आएका डिजे अमितले दर्शकलाई नचाएका थिए । एन्तवेरपेनको लोकप्रिय क्लब इकोनको हल र लबिमा खचाखच दर्शकहरुले लामाका ‘तिमिलाई देखेर’ ‘शायद तिम्रो बाटोमा’ ‘हल्ला चलेछ’ ‘पर्खाइमा’ लगायतका थुप्रै नयाँ पुराना गीतमा झुम्दै मनोरन्जन गरेका थिए ।

मादल इन्तरटैनमेन्ट संयोजक एबम एनआरएनए बेल्जियमको निर्वाचनमा कोषाध्यक्ष पदका प्रत्यासी रहेका अजित तुलाचनका अनुसार त्यस कार्यक्रमबाट बचेँको केही रकम नेपालको दुर्गम ठाउका बिपन्न बासिन्दालाई सहयोग गरिनेछ।

Leave A Reply

Your email address will not be published.