एन्सा युरोप स्तरीय फूटबल टुर्नामेन्ट सम्पन्न, नेपजुम पोर्तुगलले जित्यो एन्सा कप,

0

”खेलकुदलाई अनुशासन र स्वास्थ्य जीवनको मूल आधार” मान्ने युरोनेपाल खेलकुद संघ बेल्जियमको आयोजनामा युरोप स्तरीय खुल्ला पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएकोछ। एक दशक अघि स्थापना भएर खेल सम्बन्धी गतिबिधी गर्दै, खेलाडीहरुलाई प्रत्साहन गर्दै आईरहेको खेलकुद संघले आयोजना गरेको फूटबल टुर्नामेन्टमा युरोपका बिभिन्न देशका १० वटा टिम सहभागि भएका थिए ।

प्रतियोगिताको च्याम्पियन नेपजुम पोर्तुगल भयो । प्रथम पुरस्कार पाँच हजार युरो ( ५०००) युरो नगद, शिल्ड, मेडल सहित बिजेता टोलीलाई सम्मान गरियो । प्रतियोगिताको दित्तिय पुरस्कार दुई हजार पाँच सय युरो (२५००) युरो नगद, शिल्ड, मेडल तथा प्रमाण पत्र ड्रिम टिम नेदरल्यान्डजे जित्यो । बेस्ट टिम, बेस्ट प्लेयर र बेस्ट किपर को उपाधी पनि पोर्तुगलका खेलाडिहरुले जिते ।

एनसा फूटबल टुर्नामेन्टको बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्रराज भण्डारी र एन्तवेरपेन नगरपालिकाका खेलकुद बिभाग प्रमुख पितर वौतर्सले दीप प्रज्वलन सहित खेलाडिहरुलाई बल प्रदान गरेर गर्नु भयो ।

राजदुत राजभण्डारीले प्रबासमा हुने खेल गतिबिधिले ब्यक्तिको स्वास्थ्य र समाजको सम्बन्धलाई बलियो बनाउछ भन्दै एन्सा जस्ता संस्थाले गर्ने गतिबिधीले नेपाली समाजको पहिचान सकारात्मक बनाउनेछ भन्नु भयो । उहाले खेलाडिहरुलाई शुभकामना दिदै अनुशासित भएर खेल्न अनुरोध गर्नु भयो ।

एनतवेरपेन स्तादका शेपेन पितर वौतर्सले टुर्नामेन्तको सफलताको शुभकामना दिनु भयो ।

कार्यक्रममा प्रमुख अतिथी राजदुत राजभन्डारी र बिशेष अतिथी वौतर्सलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । नेपाली चित्रकार साइमान आले द्वारा बनाइएका चित्रहरु बिषिष्ट अतिथिहरुलाई आलेले उपहार स्वरुप प्रदान गर्नु भयो ।

सोही कार्यक्रममा बेल्जियमको राष्ट्रिय टिमबाट अन्डर फिफ्टीन खेल्ने नेपाली युबा गोरख घले र एफसि एन्टवेरपेनबाट खेल्ने ८ बर्षीय सुदीप थनेतलाई सम्मान गरिएको थियो । खेल सम्पन्न गर्न सहयोग गरेका स्वयमसेबक , रेफ्रिहरु, आर्थिक सहयोग गरेका ब्यक्ती संस्था र स्पोन्सरहरुलाई पनि सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष ज्ञानु थापाले सहयोग र सहकार्य गर्ने सबिलाई धन्यवाद दिनु भएको थियो । आयोजकहरु बालेन्द्र गुरुङ, किसन केसी, तुङ्गा निरौला, नबिन नेपाल, दीपेन्द्र गौतम, सविन लिम्बु लगायतले सहजिकरण गरेको कार्यक्रमको संचालन मिन क्षेत्रीले गर्नु भएको थियो ।

फोटो क्रेडिट- थर्ड आई…

फोटो क्रेडिट- थर्ड आई 

फोटो क्रेडिट- थर्ड आई

Leave A Reply

Your email address will not be published.