२२ तारिखमै मतदान हुने, निर्वाचन तालिका परिमार्जन

0

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको निर्वाचन तालिका केही परिमार्जन गरिएको छ । मतदानको मिति २२ जुलाईमा हुने तालिकामा कुनै पनि परिवर्तन नहुने गरी तालिका परिमार्जन गरिएको हो । निर्वाचनका लागि जुलाई १ तारिखका दिन उम्मेदवारी दर्ता गरेर प्रारम्भिक सूची सार्वजनिक गरिएको छ ।

निर्वाचन तालिका अनुसार उम्मेदवारी फिर्ताका लागि समय यसअघि जुलाई ४ तारिखमा रहेकोमा परिमार्जन गरिएको तालिका अनुसार जुलाई ५ तारिख (बुधबार) को दिनलाई उम्मेदवारी फिर्ता लिने समय दिइएको छ ।

जुलाई ५ तारिखमा दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय दिइएको एनआरएन यूकेका निर्वाचन समितिका संयोजक चिरञ्जीवि ढकालले जानकारी दिए । उनले उम्मेदवारी फिर्तापछि जुलाई ५ तारिखकको ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने छ । एनआरएनए युकेमा ४ हजार १ सय ८३ जना साधारण सदस्य रहेका छन् ।

Leave A Reply

Your email address will not be published.