एनआरएनए बेल्जियमको नबौ राष्ट्रिय महाधिबेशन सम्पन्न

0

गैर आबासीय नेपाली संघ बेल्जियमको ९ औ राष्ट्रिय महाधिबेशन सम्पन्न भएकोछ । आईतवार बेल्जियमको लुभेन शहरमा भएको एकताको महाधिबेशनको बेनेलक्सका लागि महामहिम नेपाली राजदुत गेहेन्द्र राजभन्डारी र एनआरएनएका उपाध्यक्ष नारायण आचार्यले पानसमा दीप प्रज्वलन गरि समुद्घाटन गर्नु भयो ।

बन्दशत्रमा संगठनको बिधान, प्रगति प्रतिबेदन,आयब्यय विवरण , युबा तथा महिला समितिका प्रतिबेदनहरु बारेमा छलफल र बहस गर्दै सुधार सहित पारीत गरिए ।

संस्थाको निबर्तमान हुन लागेको समितिको दुई बर्षे कार्यकालमा सहयोग गर्ने  संस्था र ब्यक्तिहरुलाई सम्मान गरियो ; कार्य समितिका सकृय पदाधिकारीहरु ,बिभिन्न टास्कको नेत्रित्व गरेका पदाधिकारीहरुलाई पनि प्रसंशापत्र सहित सम्मान गरिनुका साथै, सारिरिक सूगठनको बेल्जियम स्तरिय प्रतियोगिता जितेका पशुपती कंडेल लगायतका नेपाली समाजबाट उत्कृष्ट काम गर्ने ब्यक्तिहरुलाई पनि सम्मान गरियो ।

सोही अबसर रुस युक्रेन युद्दमा मारिएका निर्दोश नागरिकहरु प्रती श्रद्धान्जली ब्यक्त गर्दै रुसले युक्रेनको सार्बभौमसत्ताको सम्मान गरोस भन्ने प्रस्ताब् पनि पारित गरियो । यस कार्यकालमा सम्पन्न हुन नसकेका केही कार्ययोजनाको बारेमा आगामी समितिले पुरा गरोस् भनेर सुझाब र छलफल सहित बन्द सत्रले निर्वाचन सम्बन्धी कार्यक्रमको बारेमा भयो ।

एनआरएनए बेल्जियमका अध्य्यक्ष खड्क बहादुर केसीले प्रस्ताब गर्नु भएका अध्यक्ष मन्डलमा संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, पूर्व अध्यक्षहरु प्रेम गुरुङ, गंगाधर गौतम, लोक दाहाल, आईसिसि सदस्य गंगा शर्मा  तथा एनआरएनए बेल्जियम संयोजक प्रेम गुरुङ एबम पूर्व उपाध्यक्ष बोधराज पौडेललाई अनुमोदन गरियो । अध्यक्ष मन्डलले आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी सीता सापकोटा, तिर्थ धमला र अनुजा प्रधान, आइसिसी सदस्यका प्रत्यासी भिम सुबेदी , हरी भट्टराई र मदन दवाडीलाई सहमतिका लागि अनुरोध गर्दै आफ्नो उम्मेद्बारी बारे धारणा राख्न समय दिएको थियो । उम्मेद्वारी फिता लिने समय जुलाई ९ तीरिख अगाडि पुन सर्बसम्मत नेत्रित्व चयन् गर्न प्रयास गर्ने निर्णय अध्यक्षमन्डलले गरेकोछ ।

अधिबेशन सफललताको कामना गर्दै नेपाली ब्यबसायी संघ बेनेलक्सका अध्यक्ष यामु निरौला, नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष चिरन कुमार खवास, इनास बेल्जियमकी अध्यक्ष बिनिता कंडेल, नेपाल पत्रकार महासंघ बेल्जियम अध्यक्ष ओम शर्मा, नेपाल आदिबासी जनजाती महासंघ बेल्जियम अध्यक्ष बिर्मान घर्तिमगर,  किसन केसी, नेपाली संघईय समाज बेल्जियम का अध्यक्ष नेत्र मगर ,प्रबासी नेपाली मन्च बेल्जियम का अध्यक्ष चन्द्रकुमारी गुरुङ, नेपाली जन प्रगतिशिल मंच बेल्जियम का अध्यक्ष प्रकाश पौडेल , एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष प्रेम गुरुङ, आइसिसी सदस्य रोशन जोशी भिम , गंगा शर्मा, युरोप युबा संयोजक दिपक न्यौपाने , युरोप उपसंयोजक चित्र सुबेदी, एनआरएनए नेदरल्यान्डका अध्यक्ष मिम पुर्जा , युरोप संयोजक उल्का घिमिरे, युरोप संयोजक सन्तोष भट्टराई,एनआरएनए कोषाध्यक्ष फणिन्द्र भट्टराई,लोक दाहाल; एनआरएनए सचिब गंगाधर गौतम लगायतले शुभकामना दिनु भएको थियो ।

प्रमुख अतिथी बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी र बिशेष अतिथी एनआरएनए उपाध्यक्ष नारायण आचार्यले पनि अधिबेशन सफलताको शुभकामना दिनु भएको थियो ।

उद्घाटनसत्रमा उपस्थित अतिथिहरुलाई एनआरएनए बेल्जियमका उपाध्यक्ष तिर्थ धमलाले स्वागत गर्नु भएको थियो । एनआरएनए बेल्जियमका अध्यक्ष खड्क बहादुर केसीको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन महासचिब रमेश कंडेलले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.