गैर आबासीय नेपाली संघ बेलायतको अध्यक्ष पदका लागि चारजनाको उम्मेद्बारी, धेरै पद निर्बिरोध,

0

गैरआवासीय नेपाली संघ बेलायतको आगामी बाइस जुलाईमा हुने निर्वाचनको लागि ४ जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

एनआरएनए बेलायतका निर्वाचन समितिका सदस्य पत्रकार बिपिन निरौलाका अनुसार अध्यक्षमा हितकाजी गुरुङ, एलबिजेड गुरुङ, दिनेश घिमिरे र नारायण कंडेलको उम्मेदवारी दर्ता भएकोछ ।

४ जना आइसीसी सदस्य पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । आइसिसी सदस्यमा शुनिलबाबु खड्का, मोहन कार्की, विष्णु चालिसे, चन्द्र बहादुर गुरुङ, दिलराज गुरुङ, र डा. सुनिल शाहको उम्मेदवारी दर्ता भएकोछ ।

२ जना निर्बाचित हुने उपाध्यक्ष पदको लागि ज्ञानेन्द्र आले, सुरेश परियार, ओमन गौचन र कर्मा शेर्पाको उम्मेदवारी परेको छ । राज्य परिषदमा लिलाराम निउरे (आयरल्याण्ड) कृष्ण प्रसाद भण्डारी (वेल्स), र मनिष खरेल (स्कटल्याण्ड) छन् । महिला उपाध्यक्षका लागि सपना खनियाको उम्मेदवारी परेको छ । वेल्स, स्कटल्याण्ड र आयारल्याण्डमा उपाध्यक्ष पदमा निर्विरोध भएको छ ।

यस्तै महासचिवमा गोविन्द खरेल र बालकृष्ण भुषालले उम्मेदवारी दर्ता भएकोछ । कोषाध्यक्षमा विष्णु खरेलको मात्र उम्मेदवारी परेको छ । सचिब दुई पदका लागि सरोज थापा, तिलक भट्टराई र मोहन ओलीले उम्मेद्बारी दिएकाछन ।

सहकोषाध्यक्षमा हेम गुरुङ र सुमन शर्माको उम्मेदवारी परेको छ। महिला संयोजकमा रोजिना गुरुङको मात्र उम्मेदवारी परेकोछ ।

युवा संयोजकमा विकास नेपाल र सुजित शाहीको उम्मेद्बारी रहेकोछ भने, १२ कार्यसमिति सदस्यको लागि ९ जना मिलन केसी, गंगा बहादुर क्षेत्री, पम्फा क्षेत्री (बिनिता बस्नेत), नारायण गिरी, मन बहादुर राई, सन्दीप पुडासैनी, राम थापा, र काजीराज बोहोराको उम्मेदवारी परेको छ ।

एनआरएनए वेल्स राज्यपरिषदको निर्वाचनका लागि उम्मेद्बारीनै दर्ता भएन । सदस्यता शुल्क, प्रस्ताबक समर्थकको आधिकारिकता छानबिन गरेर निर्वाचन समितिले उम्मेद्वारहरुको पहिलो नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।

 

Leave A Reply

Your email address will not be published.