एनआरएनए डेनमार्कको अध्यक्षमा कमलराज शर्मा निर्वाचित

0

गैर आवासीय नेपाली संघ डेनमार्कको अध्यक्ष पदमा कमलराज शर्मा निर्वाचित हुनु भएको छ । आज भएको निर्वाचन परिणाम अनुसार अध्यक्षमा निर्वाचित शर्माले ६ सय ५३ मत , जमुनादेवी कंडेल २ सय ४२ मत र राधाकृष्ण सापकोटाले १ सय ३९ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा नीलविक्रम थापा र प्रदीप अधिकारी निर्वाचित हुनुभएकोछ । त्यसै गरि महासचिव नवराज आचार्य (नवीन) , कोषाध्यक्षमा देव कुमार गिरी, युवा संयोजकमा भुवन खड्का र सदस्यहरुमा एलेक्स पोख्रेल, गोविन्द पौडेल,निराजन गुरुङ, राम प्रशाद अर्याल, सन्तोष बस्नेत निर्वाचित हुनु भएकोछ । आइसिसि सदस्यमा दीपकराज रिजाल निर्वाचित हुनुभएकोछ ।

यस अघिनै महिला उपाध्यक्षमा मनिषा सिंह कोइराला, सचिवमा निलम रानाभाट, सहकोषाध्यक्षमा सरस्वती कार्की, महिला संयोजक लक्ष्मी बेलबासे अधिकारी,महिला सदस्यमा अम्बिका अधिकारी र आश्मा कोइराला निर्निरोध निर्वाचित भईसक्नु भएकोछ ।

आज भएको निर्वाचनमा १ हजार ४६ मतदाताले भाग लिएका थिए ।

Leave A Reply

Your email address will not be published.