भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा २५ जनाकाे ज्यान गयो

0

भारतको महाराष्ट्रमा एक निजी बस दुर्घटना हुँदा २५ जनाको ज्यान गएको छ । सागपुरदेखि समृद्धि राजमार्ग हुँदै पुणे गइरहेको २९ बीई १८१९ नम्बरको ट्राभल एजेन्सीको बस आज बिहान दुर्घटना भएको हो । बुलढाणा भन्ने ठाउँमा टायर फड्किँदा बस अनियन्त्रित भएर बिजुलीको खम्बामा ठोक्किएर दुर्घटना भएको बीबीसीले जनाएको छ ।

बुलढाणाका प्रहरी अधिकारी सुनील कडासणेका अनुसार पोलमा बस ठोक्किँदा बसको डिजल ट्यांक फुटेर आगलागी भएको हो । बसमा लागेको आगोमा जलेरै धेरै यात्रीको ज्यान गयो भने केही यात्रु बसको सिसा फुटाएर बाहिर निस्किन सफल भए । बसमा जम्मा ३३ यात्रु रहेको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेको पहिचान खुल्न सकेको छैन । घाइतेहरुकाे स्थानीय अस्पतालमा उपचार भइरहेकाे छ ।

महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिंदेले यस दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । साथै उहाँले दुर्घटनामा ज्यान गुमाउने व्यक्तिका परिवारलाई पाँच लाख रुपैयाँ दिने बताउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.