ललिता निवास जग्गा प्रकरणः पक्राउ परेकालाई सरकारी वकिल कार्यालयमा

0

काठमाडौं \ ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं लगिएको छ।

बुधबार नेपाल प्रहरीले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं लगेको हो। व्यवसायी मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पुर्‍याएको हो।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात किर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ। सरकारी लिखित किर्तेको विषय भएकाले कानुनी प्रक्रिया अरु मुद्दा सरह नै चल्ने सरकारी वकिल कार्यालय, काठमाडौंका सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेले बताउनुभयो। उहाँले अनुसन्धानको क्रममा कसुरदार देखिएमा हिरासतमा राख्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘सरकारी सम्पत्ति किर्तेको विषयमा अनुसन्धानको कुरा हो। कानुनी प्रक्रिया अरु मुद्दा सरह नै हुन्छ। अनुसन्धानको क्रममा कसुरदार वा संकित देखिएमा हिरासतमा राख्ने, वा हिरासत बाहिर राखेर अनुसन्धान गर्ने हुन्छ।’’

अनुसन्धानको सिलसिलामा भाटभटेनी डिपार्टमेण्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतम सिआईबीको हिरासतमा छन्।

Leave A Reply

Your email address will not be published.