बजेट पारित गर्न एमालेले माग्यो मत विभाजन प्रक्रिया

0

काठमाडौँ \  मत विभाजनको प्रक्रियाबाट बजेट पारित हुने भएको छ । आगामी आर्थिक वर्षका लागि सरकारले संसदमा प्रस्तुत गरेको बजेट पारित गर्नका लागि मत विभाजनको प्रक्रिया अपनाउन एमालेले माग गरेपछि सभामुखले ध्वनि मतको सट्टा मत विभाजनको प्रक्रियाबाट बजेट पासका लागि प्रक्रिया अघि बढाउनेछन् ।

एमाले सचेतक महेश बर्तौलाले मत विनियोजन विधेयक २०८० माथि असहमति राख्ने सांसद धेरै रहेको दाबी गर्दै ध्वनि मतको सट्टा मत विभाजनको प्रक्रिया अपनाउन आग्रह गरे । प्रतिनिधिसभाकाे नियमावली २०७९ मा २८ जना बढी सांसदले उठेर मत विभाजनको प्रक्रिया माग गरेमा सभामुखको सो को प्रक्रिया अपनाउनुपर्ने व्यवस्था रहेको छ ।

Leave A Reply

Your email address will not be published.