अदालतको आदेश मान्दिनँ, भारतीय चलचित्र चल्न दिन्नँ : मेयर बालेन

0

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शन नरोक्न उच्च अदालतले दिएको आदेश नमान्ने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले देशकाे सार्वभाैमिकता र स्वाधीनतामा आँच आउने गरी आफूले कानून र अदालतलाई नमान्ने बताएका हुन् ।

फिल्म लेखकले नै नेपाल, भारतकै अधीनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुने बालेनकाे भनाइ छ ।

उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अदालतको आदेशलगत्तै मेयर बालेनको यस्तो भनाइ आएको हो ।

बालेनले भारतीय फिल्मको प्रदर्शन हुन नदिने बरु जुनसुकै सजाय भोग्न तयार हुने बताएका छन् ।

बालेनले लेखेका छन्, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’

Leave A Reply

Your email address will not be published.