भारतीय फिल्म प्रदर्शन नरोक्न उच्चको अल्पकालीन अन्तरिम आदेश

0

काठमाडौं : उच्च अदालत पाटनले काठमाडौंका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले रिटमाथि सुनुवाइ गर्दै बिहीबार अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

‘आदिपुरुष’ फिल्मको विषयलाई लिएर काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले महानगरभित्रका हलहरुमा सबै हिन्दी फिल्महरुलाई प्रतिबन्ध लगाएपछि नेपाल चलचित्र संघले बुधबार रिट दायर गरेका थियो ।

भारतीय चलचित्र आदिपुरुषमा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गत सोमबारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका थिए ।

Leave A Reply

Your email address will not be published.