अनिलकेशरी शाह रास्वपा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

0

काठमाडौं : अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । पूर्वबैंकर शाहालाई रास्वपाले  प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

रास्वपाको आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शाहलाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिएको हो ।

पार्टी सभापति लामिछानेले शाहलाई दलको लोगो लगाएर जिम्मेवारी प्रदान गरेका थिए।

रास्वपाले आज पार्टी स्थापना दिवसका अवसरमा पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

Leave A Reply

Your email address will not be published.