प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता

0

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ।

प्रचण्डलाई भेट्न विप्लव प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । दुई नेताबीच समाजवादी मोर्चालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

साथै उनीहरुबीच माओवादी आन्दोलनको उपलब्धि रक्षाबारे गम्भीर छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.