शुक्रवार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

0

प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर आउँदाे शुक्रवार हुने भएको छ । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आउँदाे शुक्रवार प्रत्यक्ष प्रश्नोत्तर हुने भएको हो ।

सभाको आज मङ्गलवार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम शुक्रवार हुने गरी निर्धारण गरेको जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि सबै सदस्य सङ्ख्यालाई वर्णानुक्रमअनुसार हरेक समूहमा १५ जना सदस्य रहने गरी जम्मा १७ समूहमा विभाजन गरिएको बताउनुभयो । यो महिना भने समूह १ मा रहेका प्रतिनिधि सभा सदस्यहरूको पालो रहेको उहाँले जानकारी गराउनुभयो ।

प्रधानमन्त्रीलाई सोध्ने प्रश्न आजै बेलुकी ५ बजेसम्म प्रतिनिधि सभाका सचिवसमक्ष लिखितरूपमा दिन सभामुखले प्रतिनिधि सभा सदस्यहरूलाई आग्रह गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.