सुदूरपश्चिमका कानूनमन्त्री सिंह सवार गाडी दुर्घटना

0

बझाङ \  सुदुरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटना भएको छ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वी बहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो ।

दुर्घटनामा परि मन्त्री सिंह सहित ४ जना घाइते भएका बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले जानकारी दिनुभयो । मन्त्री सिंहको खुट्टा र अनुहारमा चोट लागेको छ । उहाँको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Leave A Reply

Your email address will not be published.