विश्वकप छनौटमा आज नेपाल र अमेरिका भिड्ने

0

काठमाडौं \  आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगितामा मंगलबार नेपालले अमेरिकासँग खेल्दैछ । जिम्बावेको ताकासिङ्गा स्पोर्टस् क्लबमा नेपाली समयअनुसार दिउँसो पौने १ बजे यो खेल सुरु हुनेछ । नेपाल र अमेरिका दुबै टोली मंगलबार पहिलो जित निकाल्ने योजनामा छन् ।

छनौट प्रतियोगिताको पहिलो खेलमा नेपाललाई आयोजक जिम्बावेले हराएको थियो भने अमेरिका वेस्ट इन्डिजसँग पराजित भएको थियो । एकदिवसीय विश्वकप छनोटमा नेपाल र अमेरिकाबीच पहिलो पटक खेल हुन लागेको हो । तर, एकदिवसीय अन्तराष्ट्रियमा भने यी दुई टोली ६ पटक आमने सामने भईसकेका छन् । ६ खेलमा नेपाल ३ पटक विजेता हुँदा अमेरिकाले २ पटक जितेको छ भने एक खेल बराबरीमा सकिएको थियो ।

प्रतियोगितामा नेपाल सहित १० टोली सहभागि छन् । नेपाल रहेको समूह ‘ए’ मा नेदरल्यान्ड्स, अमेरिका, वेस्ट इन्डिज र जिम्बावे छन् भने समूह ‘बी’ मा ओमान, स्कटल्यान्ड, श्रीलंका, आयरल्यान्ड र यूएई छन् । फाइनलमा पुग्ने दुई टोली भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेटका लागि छानिने छन् ।

Leave A Reply

Your email address will not be published.