बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

0

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल खोज, उद्धार र राहतमा जुट्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएकाे छ ।

उहाँले बेपत्ताहरुको खोजी, उद्धार एवं प्रभावितलाई राहत वितरणको काममा सक्रियतापूर्वक लाग्न सुरक्षा निकाय र कर्मचारीलाई निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले देशका विभिन्न जिल्लामा बाढी पहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । बाढी–पहिरोबाट सङ्खुवासभा, ताप्लेजुङ, पाँचथरलगायतका जिल्लामा क्षति पुगेको छ ।

पहिराेमा परेर ताप्लेजुङकाे सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा एकै घरका तीन जनासहित चार जना बेपत्ता भएका छन् । यस्तै, बाढीमा परेर सङ्खुवासभाको सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने  १६ जना मजदुर बेपत्ता भएका छन् भने हेवा खोलामा आएकाे बाढीमा परेर पाँचथरमा ६ जना बेपत्ता भएका छन् ।

Leave A Reply

Your email address will not be published.