प्रतिनिधिसभा बैठक बस्दै, ३ मन्त्रालय शीर्षकको खर्च १ रुपैयाँ कायम गर्न प्रस्ताव गरिने

0

आइतबार संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बस्दैछ। बिहान ११ बजेदेखि सुरु हुने बैठकमा विनियोजन बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ।

बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत बजेट विभिन्न तीन मन्त्रालय शीर्षकको खर्च रकम घटाइ १ रुपैयाँ कायम गर्न प्रस्ताव गरिने छ।

सम्भावित कार्यसूचीअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय शीर्षकमाथिको खर्च कटौतीबारे प्रस्ताव पेश गरिने संघीय संसद्‌का महासचिव भरतराज गौतमले जानकारी दिए।

 

 

Leave A Reply

Your email address will not be published.