खाँण र रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

0

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी र बालकृष्ण खाँणलगायत १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले शुक्रबार अभियुक्तहरूलाई पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको हो ।

यो मुद्दामा दुई जनालाई मात्रै धरौटीमा रिहा गर्न आदेश भएको छ । टंक गुरुङलाई १० लाख र लक्ष्मी महर्जनलाई पाँच लाख धरौटीमा रिहा गर्ने आदेश दिइएको हो ।

Leave A Reply

Your email address will not be published.