प्रधानन्यायाधीशमा कार्की नियुक्त, लिए शपथ

0

काठमाडौं : प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि नाम अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

उनले आजै राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।

Leave A Reply

Your email address will not be published.