बजेट ल्याइएको होइन, लुटिएको हो : अध्यक्ष राउत

0

काठमाडौं \ जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याइएको नभइ लुटिएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले बजेट बनाएर ल्याइएको नभइ लुटिएको बताउनुभएको हो ।

उहाँले बैंक लुटे जसरी चार यारहरुले बजेट लुटेको र अध्याँरो कोठामा गएर भागबण्डा गरेको बताउनुभयो । सरकारले जुट्ने क्रम जारी रहेको उहाँको भनाई छ । अध्यक्ष राउतले बजेटको सम्बन्धमा दिइएका कुनैपनि सुझावहरु कार्यान्वयन नहुने गरेको पनि बताउनुभयो ।

उहाँले एक महिना बहश हुँदा पनि बजेटमा कमा र फुलस्टप समेत परिवर्तन नहुने गरेको भन्दै यसो हुनु संसद र सांसदहरुको निरिहता भएको बताउनुभयो । उहाँले बजेट योजना र दृष्टि बिहिन भएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.