भ्रष्टाचारी जोगाएर सत्तामा नबस्ने प्रधानमन्त्री दाहालको उद्घोष

0

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहालले बरु सरकार छाड्ने तर, कसैसँग झुकेर सम्झौता नगर्ने अठोट ब्यक्त गर्नुभएको छ । माओवादी निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरका पदाधिकारीहरुसँग बुधबार विहान बालुवाटारमा उहाँले भ्रष्टाचारीहरूलाई जोगाएर सरकारमा बस्नु भन्दा बरु सरकार छाड्न तयार हुने बताउनु भएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणको प्रशंगमा दाहालले सत्ता स्वार्थकै लागि कसैलाई उन्मुक्ति दिने पक्षमा नरहको बतानउनुभयो । आफू संसदमा वान मेन आर्मी जस्तो हुनुपरेको गुनासो गर्दै उहाँले सभामुख समेत विपक्षीसँग मिलेर आफूलाई असहयोग गरेको आरोप लगाउनुभयो ।

आफ्नो भारत भ्रमण अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट र फलदायी भएको दाबी गर्दै दाहालले पछिल्ला ६० वर्ष यताको अवधिमा पहिलो पटक भारतसँग राम्रो सम्बन्ध जिकीर गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.