बेल्जियममा गायक राजु लामाको म्युजिकल समर नाइट हुँदै

0

नेपालका लोकप्रिय गायक ‘राजु लामाको ‘ सांगीतिक समर नाइट, आयोजना हुने भएको छ । मादल इन्टरटेन्मेन्ट बेल्जीयमले आयोजना गर्ने उक्त कार्यक्रममा गायक राजु लामाले आफ्ना लोकप्रिय गीत प्रस्तुत गरी बेल्जियममा रहेका नेपाली समुदायलाई मनोरञ्जन दिने आयोजक संस्थाका संयोजक अजित तुलाचनले बताएका छन् ।

कार्यक्रममा राजु लामा संगै स्थानीय कलाकार लाहुरे कान्छाको पनि प्रस्तुती रहने छ । उक्त सान्स्कृतिक साँझमा बेलायतका अमितले डिजेको भूमिका निभाउने आयोजक अभिषेक तुलाचनले बताएकाछन ।

पहिलो चरणको सांगीतिक कार्यक्रम पश्चात डिजे पार्टीसमेत हुने र पार्टीमा सबैले खुलेर मनोरञ्जन गर्न सक्ने गरि आयोजकहरुले तयारी गरेकाछन । यसलाई बेल्जियमको सबैभन्दा ठुलो सांगीतिक कार्यक्रम बनाउने गरि सह्भागिता रहने आयोजक संस्थाको विश्वाश रहेको छ ।

मादल इन्टरटेन्मेन्ट बेल्जियमका संगीतप्रेमी केही युवाहरूले स्थापना गरेको संस्था हो । पछिल्लो समयमा संस्थाले ‘जारी’, ‘छक्कापञ्जा-४’ लगायतका सिनेमा तथा अन्य चिरपरिचित कलाकारहरू बोलाएर बेल्जियमको नेपाली समुदायलाई मनोरञ्जन प्रदान गर्दै आएको छ ।

संस्थाले गर्ने कार्यक्रमबाट सन्कलन भएको केही रकम च्यारिटीमार्फत नेपालमा फरक क्षमता भएका  मानिस तथा ग्रामीण भेकमा शिक्षा र स्वास्थ्य सेवाबाट वञ्चितहरुलाई आर्थिक तथा अन्य सहयोग गर्दै आएकोले पनि आफूहरूले पुनः यो कार्यक्रम आयोजना गर्न लागेको आयोजक शिव सिग्देलले बताए ।

कार्यक्रम बेलुकी ६ बजेर ३० मा क्लब इकोन आन्तर्पेनमा हुने छ भने उक्त कार्यक्रममा सहभागिताका लागि गीत-संगीतप्रेमी दर्शक-श्रोताले अनलाइन टिकट लिनुपर्नेछ ।

 

 

Leave A Reply

Your email address will not be published.