प्रस्तावित प्रधानन्यायाधीशविरुद्धका उजुरीकर्तासँग छलफल

0

काठमाडौंः संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल शुरु भएको छ ।

समितिको बुधबारको बैठकमा प्रधानन्यायाधीशबिरुद्ध २९ जनाले उजुरी दिएकामा २३ उजुरीकर्ता सहभागी भएका छन् । ज्येष्ठ सदस्यकारुपमा बैठकको सभापतित्व गरेका पशुपतिशम्शेर जबराले उजरीको गम्भीरता हेरी पहिले सामान्य प्रकृतिका उजरीमाथि छलफल अगाडि बढाउने जानकारी दिए ।

यस अघि बैठकमा समिति सदस्य सांसद जर्नादन शर्मा ‘प्रभाकर’ ले उजुरीहरु फरक–फरक खालका भएका कारण सबै उजुरीलाई एकै ठाउँमा राखेर छलफल गर्नुभन्दा उस्तै प्रकृतिका उजुरीलाई एकै ठाउँमा राखेर छलफल गर्नुपर्नेमा जोड दिएका थिए ।

सांसद महेश बर्तौलाले उजुरीहरु अनुमान गरेअनुसार नै आएको बताउँदै आवश्यकता र विषयको गहनता हेरेर मात्रै छलफल अघि बढाउनुपर्ने  धारणा व्यक्त गरे । कतिपय उजुरीहरु राजनीतिक प्रकृतिका भएका कारण ती उजुरीलाई फरक–फरक ढङ्गले छलफल गर्नुपर्ने उनको भनाइ थियो ।

अर्का सांसद रमेशजङ्ग रायमाझीले भने, ‘कुन विषयलाई गहन भन्ने कुन विषयलाई सामान्य भन्ने ? सबैले गहन विषय भएरै उजुरी दिएको हुनुपर्छ, त्यसैले सबैभन्दा पहिला उजुरीकर्ताको उजुरी सुनौँ, अनि छलफल अगाडि बढाऔँ ।’

Leave A Reply

Your email address will not be published.