मोना बेल्जियमको युरोपस्तरीय भलिबल प्रतियोगिता सम्पन्न, एनआरएनए फ्रान्सले जित्यो उपाधि,

0

म्याग्दी प्रबासी समाज (मोना) बेल्जियमले युरोप स्तरिय भलिबल प्रतियोगिता आयोजना गरेकोछ । युरोपका बिभिन्न देशबाट ६ वटा टिमले भाग लिएको भलिबल प्रतियोगिता बेल्जियमको एन्तवेरपेन शहरमा आईतवार सम्पन्न भएको हो । प्रतियोगितामा एनआरएनए फ्रान्स पहिलो र जून पेरिस टिम दोश्रो भएका छन भने एनआरएन लग्जेम्बर्गलाई अनुशासित टिमको उपाधी प्रदान गरिएकोछ । अनिल थापा मगरलाई बेस्ट प्लेयर घोषणा गरिएकोछ ।

प्रथम पुरुस्कार दुई हजार युरो, द्वीतीय पुरुस्कार एक हजार युरो र बेस्ट प्लेयरलाई एक सय युरो सहित मेडल र प्रमाणपत्र परदान गरिएको थियो । भलिबल टिम संगै एनआरएनए फ्रान्सकी अध्यक्ष गीता थापा खनाल, लग्जेम्बर्ग टिममा खेलाडीको रुपमा एनआरएनए लग्जेमबर्गका अध्यक्ष हरी खत्री कार्यक्रममा शाहअभागेए हुनुभएको थियो ।

प्रतियोगिताको उद्घाटन बेल्जियमका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारीले खेलाडीहरुलाई बल दिएर गर्नु भएको थियो । राजदुत भण्डारीले नेपाली दायसपोरामा हुने खेल प्रतियोगिताहरुले सामाजिक सद्भाब बढाउन र स्वस्थ रहन सहयोग पुग्ने हुँदा यसको निरन्तरता र ब्यबस्थित सन्चालनका लागि आगह गर्नु भयो । भिजेडवे महासंघकी गालीना र एनआरएनए बेल्जियमका उपाध्यक्ष तिर्थ धमला बिशेष अतिथी रहनु भएको कार्यक्रममा बेल्जियममा सकृय संघ संस्था र दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

भलिबल टिम संगै एनआरएनए फ्रान्सकी अध्यक्ष गीता थापा खनाल, लग्जेम्बर्ग टिममा खेलाडीको रुपमा एनआरएनए लग्जेमबर्गका अध्यक्ष हरी खत्री कार्यक्रममा सहभागि हुनुभएको थियो । एनआरएनए केन्द्रीय प्रबक्ता शिव बरुवाल , संस्थाका पूर्व अध्यक्षहरु पनि कार्यक्रममा उपस्थित रह्नु भएको थियो ।

खेलमा रेफ्रिको भूमिकामा नेपालका राष्ट्रिय रेफ्री मिन क्षेत्रि, ज्ञानु थापा, सुबाश जोशी, सरोज, तुङ्गा निरौला र रुद्र लम्सालले गर्नु भएको थियो ।

प्रतियोगिता र पुरुस्कार बितरण कार्यक्रमको सहजिकरण मोना बेल्जियमका महासचिब रामचन्द्र थापा मगरले गर्नु भएको थियो । संस्था अध्यक्ष रकेन्द्र घिमिरेले प्रतियोगिता सफल बनाउन आर्थिक , भौतिक सहयोग गर्ने सबैलाई धन्यबाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.