आगामी वर्षमा आर्थिक वृद्धि र राजस्वको लक्ष्य पूरा हुन्छ : अर्थमन्त्री महत

0

काठमाडौं \  अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले लिएको आर्थिक वृद्धि र राजस्वको लक्ष्य पूरा गर्ने दाबी गर्नुभएको छ । अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री महतले सरकारले आगामी आर्थिक वर्षमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्नसक्ने आधारहरु रहेको बताउनुभयो । उहाँले सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि गर्नेगरी आर्थिक वर्षको पहिलो दिनेदेखि काम थालनी गर्ने बताउनुभयो । उहाँले सरकारले राखेको ६ प्रतिशतको आर्थिक वृद्धि र राजस्वको लक्ष्य पूरा गर्नसक्ने गरी कामहरु गर्न सुरु गरेको बताउनुभयो ।

अर्थमन्त्री महतले अर्थमन्त्रालयले मात्रै गरेर पूरा हुने भन्दै राज्य संयन्त्रको सहयोगको अपेक्षा रहेको बताउनुभयो । उहाँले समग्र राज्य संयन्त्र एकाकार भएर काम गर्दा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न सकिने बताउनुभयो । उहाँले सरकारले राजस्वको दायरा बढाउँदै राजश्व संकलन बढाउन कगती निचोरे जस्तो गरेर नभई अर्थतन्त्र चलायमान बनाउने गरी राजश्व संकलन गर्ने नीति लिएको बताउनुभयो ।

अर्थमन्त्री महतले बजेटको आकार घट्नुको प्रमुख कारण सरकारले तिर्नुपर्ने ऋणको दायित्य वृद्धि भएको बताउनु भयो। उहाँले सरकारले ल्याएको बजेटमा स्रोत सुनिश्चिताका विषयमा प्रश्न उठाउने ठाउँ रहेको बताउनुभयो । उहाँले सरकारले चालु आर्थिक वर्षको भन्दा कम आर्थिक वृद्धि, आन्तरिक ऋणको लक्ष्य राखेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.