प्युठान कार दुर्घटना : आठ जनाको मृत्यु

0

प्युठान : प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केको कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

लु १ च ६३४५ नम्बर को कार स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट तल खसेर दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

कारमा चालकसहित ८ जना सवार रहेका थिए । दुर्घटनामा मृत्यु भएका सबैको शव जिल्ला अस्पताल प्युठान ल्याइसकिएको र सनाखतको काम भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेकामध्ये दाङको लमही नगरपालिका वडा नं. ५ का तारा कुमालको मात्रै पहिचान भएको प्रहरीले बताएको छ ।

Leave A Reply

Your email address will not be published.