१६ जिल्लामा फैलियो दादुराको प्रकोप, एक हजार बढी संक्रमित

0

गत १२ पुसमा बाँकेबाट फैलिएको दादुरा अहिले काठमाडौंसहित १६ जिल्लामा फैलिइसकेको छ। स्वास्थ्य सेवा विभाग अन्र्तगत रहेको परिवार कल्याण महाशाखाले दिएको तथ्यांकअनुसार २६ जेठसम्म १६ जिल्लाका एक हजार तीन जनामा दादुरा पुष्टि भइसकेको छ।

बुधबार काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित ज्योयो कुटुम्पा गुम्बामा बस्ने चार जना बालबालिकामा दादुरा पुष्टि भएको महाशाखाले बताएको छ। ती विद्यालयमा जम्मा पाँच सय ६० जना रहेका विद्ययार्थीहरूमध्ये ६२ जनामा उस्तै प्रकारका लक्षण देखिएको तर जाँच गर्दा चार जनामा संक्रमण पुष्टि भएको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका जनस्वास्थ्य अधिकृत वसन्तकुमार श्रेष्ठले जानकारी दिए।

संक्रमण पुष्टि भएका चार जनालाई आइसोलेसनमा राखिएको छ। काठमाडौंमा पनि दादुरा देखिएपछि विभागले काठमाडौंका निजी तथा सरकारी सबै अस्पतालमा दादुराका सक्रिय केस खोजी र शंकास्पद केसहरू भेटिए नगरपालिका र स्वास्थ्य सेवा विभागमा रिपोर्ट गर्न अनुरोध गरिएको छ।

एक जना दादुराको बिरामीले १८ जनालाई संक्रमित बनाउन सक्ने भएकाले सबै जिल्ला र नगरपालिका फोकल पर्सनलाई संवेदनशील हुन समेत विभागले निर्देशन  दिएको छ।

Leave A Reply

Your email address will not be published.