एनआरएनए बेलायतको अध्यक्ष पदमा हितकाजी गुरुङको उम्मेद्बारी घोषणा,

0

गैर आबासीय नेपाली संघ बेलायतको आगामी कार्यकालका लागि अध्यक्ष पदमा तमु धिं बेलायतका पूर्व अध्यक्ष हितकाजी गुरुङले आफ्नो उम्मेद्बारी घोषणा गरेकाछन । शनिबार अल्टरसटमा भएको एक कार्यक्रममा गुरुङले आफ्ना आगामी कार्ययोजना सहित सामाजिक एकता र संस्थाको गिर्दो शाखलाई उठाउने गरी काम गर्ने प्रतिबद्धता गर्दै एनआरएनए बेलायतको नेत्रित्व आफुलाई प्रदान गर्न बेलायतबासी नेपाली समुदायलाई आग्रह गरे ।

उनले केही बिमति भए संगठनको प्रकृयालाई मानेर आफ्नो बिचार राख्न र बहुमत नेपाली समुदायको चाहना बमोजिम गतिबिधी गरेर संगठन भित्रका समस्या समाधान गरौ भन्ने अनुरोध गरे । गैर आबासीय नेपाली नागरिकता र भुपु गोर्खाका अधिकार बारेमा आफु निरन्तर सक्रिय रहने र एनआरएनएको नेत्रित्व पाए यि अभियानलाई सफल बनाउने प्रतिबद्धता पनि उनले ब्यक्त गरे ।

गैर आबासीय नेपाली संघ बेलायतका पूर्व अध्यक्ष एबम बर्तमान केन्द्रीय अध्यक्ष कुल आचार्यले एनआरएन अभियानमा बेलायतको नेपाली समुदाय र गोर्खाहरुको योगदान अग्रणी रहेको स्मरण गर्दै सामाजिक सद्भाब कायम गर्दै निर्वाचनका गतिबिधी गर्न आग्रह गरे । आचार्यले एनआरएन अभियानमा गुरुङले सकारात्मक योगदान दिने विश्वाश ब्यक्त गरे,

गुरुङको उम्मेद्बारी घोषणा कार्यक्रममा एनआरएनए बेलायतका पूर्व अध्यक्षहरु एबम बर्तमान पदाधिकारीहरु र बेलायतको नेपाली समाजका अगुवाहरु रोयल बरो अफ ग्रीनवीचका उपमेयर जित रानाभाट, काउन्सिलर जीव बेल्वासे   लगायत बिभिन्न संघ संस्था सम्बध ब्यक्तिहरु र एनआरएनहरुको उपस्थिति रहेको थियो । यस कार्यक्रमको सन्योजन सामाजिक अभियन्ता पुरन गिरीले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.