राजदूत उपाध्यायले प्रम कोइरालालाई भारतको सन्देश सुनाए

0

काठमाडौँ, ८ असोज । प्रधानमन्त्री सुशील कोइरालालाई भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले मुलुकको पछिल्लो राजनीतिक अवस्था र भारतीय उच्च अधिकारीसँग भएको छलफलका विषयमा जानकारी गराउनुभएको छ ।
सङ्घीय प्रदेशको सीमा निर्धारण र संविधानसभाबाट संविधान जारी भएसँगै तराई–मधेसमा जारी आन्दोलन र त्यसको प्रभावबारे नयाँदिल्लीमा भएका छलफलका विषयमा राजदूत उपाध्यायले प्रधानमन्त्री कोइरालालाई अवगत गराउनुभयो ।
नयाँदिल्लीबाट आजै काठमाडौँ आउनुभएका राजदूत उपाध्यायले तराई–मधेसमा जारी आन्दोलनका विषयमा बाहिर आएका टीकाटिप्पणीका विषयमा पनि प्रधानमन्त्री कोइरालालाई स्पष्ट पारेको राससलाई जानकारी दिनुभयो ।
राजदूत उपाध्यायले आजै राष्ट्रपति डा.रामवरण यादवलगायत प्रमुख दलका शीर्ष नेतासँग पनि भेटवार्ता गर्नुहुनेछ । प्रदेश सीमाङ्कनका विषयलाई लिएर विगत ४१ दिनदेखि तराई–मधेसमा आन्दोलन भइरहेको छ । उक्त आन्दोलनका कारण नेपाल प्रवेश गर्ने हजारौं मालबाहक ट्रकहरु नेपाल–भारत सीमामा अलपत्र परेका छन् ।

Leave A Reply

Your email address will not be published.