कर्फ्यु र बन्द विरुद्ध व्यवसायीहरु सडकमा

0

टीकापुर, ९ असोज । एक महिना लामो कर्फ्यु र झण्डै दुई महिनादेखि जारी बन्दले उद्योग व्यवसायी धराशायी भएको बताउदै कैलालीका व्यवसायीहरुले अव कफ्र्यु र बन्दको अवज्ञा गर्ने बताएका छन् । कैलाली उद्योग वाणिज्य संघले आज आयोजना गरेको  सर्वपक्षीय भेलामा झण्डै दुई महिना लामो बन्द र कर्फ्युका विषयमा भएको छलफलपछि व्यवसायीले यस्तो निर्णय गरेका हुन् । उद्योग वाणिज्य संघका अध्यक्ष शंकर बोगटीले आन्दोलनकारीलाई बन्दको बिकल्प खोज्न समेत आग्रह गरिएको छ । निरन्तरको बन्दका कारण अत्यन्त असहज र कष्टकर अवस्था सृजना भएकोले आगामि दिनमा जो सुकै पक्षले जे सुकै नाममा गर्ने बन्दका विपक्षमा उभिन बाध्य हुने व्यवसायीहरुले बताएका छन्  ।
भदौ ७ गते भएको टीकापुर घट्नापछि एक महिनायता कर्फ्यु झेल्दै आएका कैलाली जिल्लाका बासिन्दाले त्यसअघि थरुहट र अखण्ड सुदूरपश्चिम पक्षधरको एक महिना लामो बन्द व्यहोरेका थिए । यसैबीच स्थानिय प्रशासनले शनिबारबाट धनगढीमा लगाएको कर्फ्यु हटाएको छ ।

Leave A Reply

Your email address will not be published.