प्रचण्ड र बाबुरामविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

0

काठमाडौं : सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलाशले सर्वोच्च अदालतका रजिस्ट्रारले गरेको दरपीठ आदेश बदर गर्दै लेनिन विष्टले दायर गरेको रिट निवेदन दर्ता गर्न आदेश दिएको हो ।

माओवादीकै पूर्वबाल सेनासमेत रहेका विष्टले जनयुद्धका क्रममा बालसेना प्रयोग अन्तर्राष्ट्रिय मानवीय कानुनविपरीतको कार्य भन्दै रिट दायर गरेका थिए । तर उक्त रिटलाई प्रशासनले दरपीठ गरिदिएपछि विष्टले दर्ताका लागि अन्तरिम आदेश माग गरेका थिए ।

माओवादी जनयुद्धकालमा २०५९ सालदेखि बालसैन्यको रूपमा भर्ती भएका विष्टले आफूलाई अयोग्न लडाकुको बिल्ला भिराई शिविरबाट निकालेर युद्ध अपराध गरेको आरोप लगाएका छन् ।

उक्त रिटमा विष्टले तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराईसहितका नेताहरुलाई विपक्षी बनाएका छन् ।

Leave A Reply

Your email address will not be published.