राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेको प्रतिलिपि झिकाउन सर्वोच्चको आदेश

0

काठमाडौं : सर्वोच्च अदाललते राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको प्रतिलिपि झिकाउन आदेश दिएको छ ।

शुक्रबार न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । अदालतले विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष अनुरोध गर्ने भनी मन्त्रिपरिषदले गरेको निर्णय पनि झिकाउन आदेश दिएको छ ।

सर्वोच्चले अन्तरिम आदेशको विषयमा छलफल जेठ ३० गते हुने गरी पेसी तोक्न पनि भनेको छ ।

राष्ट्रपति पौडेलले संविधान विपरीत नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि न्यायाधीश मनोज शर्माको एकल इजलासले जेठ २१ गते नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

Leave A Reply

Your email address will not be published.