यथास्थितिमा बजेट पास हुन दिँदैनौं : माधव नेपाल

0

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा बजेट पास गर्न नदिने बताएका छन् ।

शुक्रबार काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बजेट असन्तुलित भएको बताउँदै यथास्थितिमा पास हुन नदिने बताएका हुन् । उनले आफूहरु सत्तपक्षकै भएपनि यथास्थितिमा बजेट पास गर्न दिन नसकिने बताएका हुन् ।

अध्यक्ष नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रुप देखिएको टिप्पणी गरे । उनले राजनीतिमा सबैभन्दा चर्को रुपमा भ्रष्टाचार प्रवृत्ति देखिएको बताए । उनले देशमा जनतालाई पीडा दिई शोसक सामन्त र दलाल पुँजीपतिहरु हाबी भएको र इमान्दार तथा असल मानिस पाखा लाग्नुपर्ने स्थिति सिर्जना भएको पनि बताए ।

अध्यक्ष नेपालले अहिले पुनः प्रतिगामी शक्तिहरु सल्बलाएर वंशको शासनलाई फर्काउने दुष्प्रयास गरिरहेको आरोप पनि लगाए ।

यस्तै कार्यक्रममा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले पनि बजेट असमानता र अन्यायपूर्ण रहेको भन्दै यथास्थितिमा कुनैपनि हालतमा पास हुन नदिने बताए । उनले भौतिक पूर्वाधार मन्त्रालयको पाँच अर्ब बजेटमध्ये झण्डै आधा बजेट डडेलधुरा, गोरखा र नुवाकोटमा मात्रै विनियोजन गरिएको भन्दै त्यो आफूहरुलाई कुनै पनि हालतमा सैह्य नहुने चेतावनी दिए ।

Leave A Reply

Your email address will not be published.