सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सामर्थ्य गुमाईसकेको छ : अध्यक्ष ओली

0

काठमाडौं \  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुलुकको अर्थतन्त्रको नेतृत्व गर्ने सार्मथ्य गुमाईसकेको टिप्पणी गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले मुलुकको अर्थतन्त्रको नेतृत्व वर्तमान सरकारले गर्न नसक्ने जिकीर गर्नुभएको हो ।

अध्यक्ष ओलीले बहुमत भएकाले संसदबाट बजेट पारित भएपनि त्यसले कुनै परिणाम नदिने दाबी समेत गर्नुभयो । सरकार यथास्थितिवाद र पश्चागमनको मार्गमा रहेको भन्दै उहाँले कुनै पनि काम गर्ने उत्साह र जाँगर नभएको दोहोर्‍याउनुभयो ।

अध्यक्ष ओलीले नेपाललाई विकसित देशमा रुपान्तरण गर्ने र नेपाली जनतालाई सम्पन्न बनाउन नसक्ने कुरा बजेटमार्फतनै सरकारले स्विकार गरेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.