दुग्ध विकास बोर्ड खारेज गर्ने निर्णयप्रति आपत्ति

0

काठमाडौं  \  सरकारले गरेको राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजिको निर्णयको सरोकारवालाहरूले आपत्ति जनाएका छन्।  काठमाडौंमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा नेपाल डेरी साइन्स एशोसिएसन, नेपाल डेरी एशोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ, केन्द्रीय पशुपन्छी तथा मत्स्य विकास सहकारी संघ, नेपाल एनिमल साइन्स एशोसिएसन लगायतका संस्थाले सरकारको निर्णयको विरोध गरेका हुन् ।

उनीहरूले डेरी उद्योगसम्बन्धी नीति बनाउन सहजिकरण गर्ने, दुग्धजन्य उत्पादन र उद्योगलाई नियमन गर्ने र किसानलाई विभिन्न सहुलियतका प्याकेजहरू ल्याउने काम भइरहेको भन्दै बोर्ड खारेजीको निर्णय फिर्ता हुनुपर्ने माग गरेका छन् । केन्द्रीय दुग्ध सहकारी संघका महासचिव रामप्रसाद आचार्यले माग सम्बोधन नभए आन्दोलनमा उत्रनुको विकल्प नहुने बताए ।

Leave A Reply

Your email address will not be published.