करको दर हेरफेरमा घुसपैठ भएको छैन, पारदर्शी रुपमै गरिएको छ : अर्थमन्त्री

0

काठमाडौँ \ आगामी आर्थिक वर्षको बजेट निर्माण र करका दरहरु हेरफेरमा कुनै घुसपैस नभएको र आधिकारिक व्यक्तिबाट पारदर्शी ढंगले काम भएको अर्थमन्त्री प्रकाशशरण महतले दाबी गरेका छन् । संघीय संसदको प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री महतले मंगलबार यस्तो जवाफ दिएका हुन् ।

‘बजेटमा पारदर्शी नभएको, अनधिकृत व्यक्तिको प्रवेश लगायत विषयमा शंका गर्नुपर्दैन’ महतले भने ‘बजेट निर्माणदेखि करका दरहरु हेरफेरमा आधिकारिक प्रतिनिधिहरुबाट स्वतन्त्रपूर्वक निर्णय भएको छ ।’ सञ्चारमाध्यममा आएका कुराहरुलाई विश्वास नगर्न र सरकारका गतिविधिलाई विश्वास गर्न उनले आग्रह गरे ।

‘इमाान्दारपूर्वक काम गर्छौं भनेर बसेका मन्छेलाई विश्वास नगर्ने, सञ्चारमाध्यमहरुले लेखेकै भरमा चलखेल भयो भन्न मिल्दैन,’ उनले भने, ‘हामी कसम खाएर काम गर्न बसेलाई असत्य मान्न भएन ।’ आर्थिक विधेयक टाइप गर्ने प्रयोजनका लागि मात्र भन्सारका करार कर्मचारी रामकृष्ण श्रेष्ठलाई प्रयोग गरिएको उनले प्रस्ट्याए ।

Leave A Reply

Your email address will not be published.