एमालेले अर्थमन्त्रीसँग माग्यो बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे जवाफ

0

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामाथि उठेको प्रश्नबारे अर्थमन्त्री डा. प्रकाशशरण महतसँग जवाफ माग गरेको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले अर्थमन्त्रीले संसदबाट करका दरको विषयमा उठेको प्रश्नमा चित्तबुझ्दो जवाफ दिन माग गरेका हुन् ।

अर्थमन्त्रीले चित्तबुझ्दो जवाफ दिनुपर्ने र चित्तबुझ्दो जवाफ नआए संसदीय छानबिन समिति गठन गरेर जानुपर्ने उनको भनाइ छ ।

उनले बजेट निर्माण हुनुअघि मध्यवर्गीहरूले चढ्ने ११ सय गाडी नेपाल भित्रिएको बताए । उनले १५ प्रतिशत अन्तशुक्ल र भन्सार शुल्क बढेका साना गाडीहरू रहेको भन्दै ११ सय गाडी भित्रँदा राज्यलाई ९३ करोड नोक्सान भएको बताए ।

Leave A Reply

Your email address will not be published.