अर्थमन्त्रीको जवाफ- ‘बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता छैन, इमान्दारितामा शंका नगर्नुस्’

0

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा कसैको स्वार्थमा करको दर हेरफेर नभएको बताएका छन् ।

प्रतिपक्षी दलहरुले जवाफ माग गरेपछि मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै अर्थमन्त्री महतले बजेट निर्माणमा कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता नरहेको जिकिर गरे ।

करका दर हेरफेर प्रकरणमा पूर्वनासु रामकृष्ण श्रेष्ठको संलग्नताबारे स्पष्टीकरण दिँदै महतले निर्णय प्रक्रियामा कुनै संलग्नता नरहेको बताए । आफू आउनुभन्दा अगाडि नै सहयोगीका लागि रामकृष्ण श्रेष्ठको नियुक्ति भइसकेको मन्त्री महतले बताए ।

अर्थमन्त्री महतले आफ्नो इमान्दारितामाथि शंका नगर्न आग्रह गरे । करको दर हेरफेरबारे आफूसहितका आधिकारिक व्यक्तिहरुले निर्णय गरेको उनले बताए ।

Leave A Reply

Your email address will not be published.