बेल्जियममा नयाँ ब्यवसाय गर्न चाहने र ब्यापार गरिरहेकाहरुका लागि जानकारीमुलक कार्यशाला आयोजना हुने,

0

नेपाली ब्यबसायी संघ बेल्जियमले नेपाली ब्यबसायिहरु र नयाँ ब्यवसाय सुरु गर्न चाहनेहरुका लागि एक जानकारीमुलक कार्यशाला गोष्ठीको आयोजना गर्ने भएकोछ । यहि जुन महिनाको १९ तारिख लुभेनको डनबोस्को हलमा हुने कार्यक्रममा बेल्जियममा ब्यापार गर्न इच्छुक ब्यक्तिहरुलाई यहाँका ब्याबसायिक नियम कानुन र ब्यापार ब्यबस्थापनको तरिकाका बारेमा जानकारी गराइनेछ ।

यस कार्यशालामा ब्यापार सम्बन्धी बिषयमा बिज्ञ बेल्जियमका ब्यबसायिक संस्थान (सोसियल सेक्रेतरियाट) आसेर्ता ACCERTAका तालिम दिनेबिज्ञद्वारा बेल्जियम सरकारले बनाएका नियम कानुन र पछिल्लो समयमा परिवर्तन भएका नयाँ कानुनको बारेमा जानकारी प्रदान गरिनेछ । ब्यापार ब्यवसाय गरी रहेका सहभागीहरुका लागि ब्यवसाय गर्दा हुने समस्या र कानुनी जटिलताका बारेमा अन्तर्कृया पनि गरिने संस्थाका उपाध्यक्ष एबम यस कार्यक्रमका संयोजक कासी दनैले बताउनु भएकोछ ।

उक्त कार्यशालामा सहभागि हुन संयोजक दनै अथवा नेपाली ब्यबासायी संघ बेल्जियमका पदाधिकारीहरुसँग संपर्क गरि आफ्नो नाम दर्ता गराउनका लागि ब्यबसायी संघले अनुरोध गरेकोछ ।नेपाली ब्यबसायी संघ बेल्जियमको वेबसाइट https://www.nebab.be/events/ मा गएर कार्यक्रममा भाग लिनका लागि दर्ता हुन सकिनेछ,

नयाँ ब्यापार सुरु गर्न चाहनेहरुलाई हौसला र ब्यबसाय गरी रहेका नेपाली ब्यबसायिहरुलाईहरुलाई ब्यवसायमा आउने कठिनाईलाई समाधान गर्न सहयोग पुगोस भन्ने उद्यस्यले कार्यशालाको आयोजना गरिएको नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष चिरन कुमार खवासले बताउनु भएकोछ ।

Leave A Reply

Your email address will not be published.