प्रधानमन्त्री प्रचण्डले भारतबाट साँच्चै ल्याएको भनेको १५ वटा राँगामात्रै हो : ओली

0

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणबाट ल्याएको भनेको १५ वटा राँगामात्रै भएको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा अध्यक्ष ओलीले भारत भ्रमणबाट प्रधानमन्त्री प्रचण्डले  साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा नै हो भन्दै अरु कुरा ल्याएको भए प्रमाणित गर्नुपर्ने बताए ।  १५ वटा राँगा ल्याउनुबाहेक अरु कुनै उपलब्धि हासिल नभएको ओलीले दाबी गरे ।

अध्यक्ष ओलीले बंगलादेश जाने बाटोसँग कालापानी, लिपुलेक र लिम्पियाधुरा साट्न नसकिने प्रस्ट पारे । उनले कालपानी र लिपुलेकलगायतका भूमि सदर भइसकेको भन्दै इतिहास र विश्वमा भएका नक्साकै कारण यो सदर भएको दाबी गरे ।

यस्तै अध्यक्ष ओलीले प्रधानमन्त्रीको भारत भ्रमण अत्यन्त फितलो भएको टिप्पणी गरे । नेपालको शिर ठडिने गरी प्रधानमन्त्री प्रस्तुत हुन नसकेको र प्रोटोकल भद्रगोल बनेको उनले बताए ।

उनले भने, ‘वास्तवमा भन्ने हो भने, मलाई भन्न त मन थिएन, तर हाम्रो प्रोटोकल नै भएन । तरिकाहरु मिलेन । परराष्ट्रमन्त्री कता छन् थाहा छैन, अर्थमन्त्री कता हुन्, नेताहरु कता हुन्, छोरीलाई सँगै राख्नुभएको छ । पीए राख्नुभएको छ, मन्त्री र सचिव छैनन् । यस्तोमा परिवारको सदस्य राख्न मिल्दैन । फर्स्ट लेडी भनेको स्पाउस (श्रीमान/श्रीमती) लाई भनिन्छ । अरु फेमिली मेम्बर हुन् । छोरा लगे फर्स्ट जेन्टलम्यान भन्ने त ? थुप्रैले स्पाउस लैजान्छन् महिला प्रधानमन्त्री भएको देशमा । छोरा लगेर स्पाउसको स्टाटस हुँदैन । परिवारका सदस्यलाई फर्स्ट लेडी भनिन्न ।’

Leave A Reply

Your email address will not be published.