कोशी प्रदेश सरकारबाट माओवादी बाहिरिने, समर्थन पनि फिर्ता लिने

0

विराटनगर : नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ ।

कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी)को बैठकले कोशी सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।

यस्तै बैठकले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई राजीनामा बुझाउन निर्देशन पनि दिइसकेको छ ।

प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् ।

यसअघि कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) पनि बाहिरिएको थियो भने उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो ।

यससँगै एमालेबाट मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार संकटमा परेको छ । केन्द्रमा नयाँ सत्ता समीकरण बनेपनि कोशी प्रदेशमा भने एमाले नेतृत्वको सरकारमा जसपा र नेकपा माओवादी केन्द्र सहभागी थिए ।

तर माओवादी र जसपा सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने भएको छ ।

Leave A Reply

Your email address will not be published.