प्रधानमन्त्री प्रचण्डको प्रष्टीकरण : ‘भूमि साट्ने प्रस्ताव मैले कहीँ गरेको छैन’

0

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी, लिपुलेक र लिम्पियाधुरासँग भूमि साट्ने प्रस्ताव आफूले नगरेको प्रष्टीकरण दिएका छन् ।

सोमबार आफ्नो भारत भ्रमणबारे सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने स्थापित गर्न आफूले भूमिका खेलेको दाबी गरे । उनले भारतीय प्रधानमन्त्री आफैंले सीमाको विषयमा प्रष्टसँग कुरा उठाएको बताए ।

उनले भने, ‘मैले कहीँ पनि विकल्पबारे प्रस्ताव गरेको छैन । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्नेमा प्रष्ट छु । कहीँ कोही कम्फ्युजन नहोस् । मैले त्यही अनुसार भूमिका खेलेको छु । सिधा देखिएको कुरालाई घुमाउरो नबनाऔं ।’

उनले जमिन साटासाट गरेर सीमा समस्या समाधान गर्ने बंगलादेश मोडल आफ्नो प्रस्ताव नभएको बताए ।

Leave A Reply

Your email address will not be published.